
२६ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले काठमाडौंको बल्खुमा विरोध प्रदर्शन गरिरहेको छ ।
हिन्दू राष्ट्र र संवैधानिक राजतन्त्र लगायतका माग राख्दै राप्रपाले विरोध प्रदर्शन गरेको हो । अहिले राप्रपाका नेताहरूले सम्बोधन गरिरहेका छन् ।
राप्रपाको प्रदर्शनलाई मध्यनजर गर्दै सुरक्षा तैनाथी बाक्लो बनाइएको छ । छेवैमा रहेको सत्तारुढ दल नेपाली कांग्रेसको पार्टी कार्यालय, कलंकीको भाटभटेनी सुपरमार्केट लगायतका क्षेत्रमा सुरक्षा बढाइएको छ ।
यसैबीच प्रदर्शनमा नेपालको राष्ट्रिय झण्डा बेच्ने पुगेकाहरू पनि बाक्लो संख्यामा देखिन्छन् ।
वृद्ध भइसकेकादेखि महिला, युवाहरू पनि झण्डा बोकेर बेच्न पुगेका छन् ।
हेर्नुहोस् तस्वीरहरू :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4