+

पब्जी मोबाइल ग्लोबल ओपनमा प्रतिस्पर्धा गर्न टिटुके उज्वेकिस्तानतिर

२०८१ चैत  २६ गते १४:३१ २०८१ चैत २६ गते १४:३१
पब्जी मोबाइल ग्लोबल ओपनमा प्रतिस्पर्धा गर्न टिटुके उज्वेकिस्तानतिर

२६ चैत, काठमाडौं । पब्जी मोबाइल ग्लोबल ओपनमा सहभागी हुन ४ खेलाडीसहित ६ सदस्यीय नेपाली टोली मंगलबार उज्वेकिस्तानको तास्केन्ट प्रस्थान गरेको छ ।

यही अप्रिल १० देखि १४ तारिखसम्म हुने प्रतियोगितामा नेपालबाट सुविन प्रजापति (कप्तान), मौसम गुरुङ, दीपेश गुरुङ र अजय श्रेष्ठले प्रतिस्पर्धा गर्ने छन् । टोलीको नाम ट्रेन टु किल (टिटुके) रहेको छ ।

प्रशिक्षकमा विपुल भट्टराई तथा व्यवस्थापकमा संगीता गुरुङ रहेका छन् ।

टिटुकेसहित विश्वधरका १६ टोलीले प्रारम्भिक चरणमा प्रतिस्पर्धा गर्नेछन् । त्यसमा ७ टोली अन्तिम चरणमा पुग्नेछन् । अन्तिमक चरणमा पनि १६ टोलीले नै प्रतिस्पर्धा गर्नेछन् ।

प्रारम्किभ चरणमा टिटुकेसहित एसियाबाट ४, युरोपबाट ३, मिडल इस्टबाट ३ तथा नर्थ अमेरिका र साउथ अमेरिकाबाट समान १ टोलीले प्रतिस्पर्धा गर्नछने  । यस्तै उज्वेकिस्तान क्वालिफायर फाइनल्स राउण्डको दोस्रो देखि पाँचौ हुनेले पनि प्रारम्भिक चरणमा प्रतिस्पर्धा गर्नेछन् । उज्वेकिस्तान क्वालिफायर फाइनल चरणको विजेताले भने सिधै अन्तिम चरणमा प्रतिस्पर्धा गर्न पाउनेछन् ।

अन्तिम चरणमा ८ टिमलाई भने सिधै इन्भाइट गरिएको छ ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य एवं इ स्पोर्ट्स एसोसिएसन नेपालका अध्यक्ष अञ्जन धमलाले मंगलबारै एक कार्यक्रमबीच बिदाइ गरे ।

टिटुके पब्जी मोबाइल ग्लोबल ओपन

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय