+
+
Shares
साउथ फिल्म :

जन्मदिनमा अल्लु अर्जुनले घोषणा गरे नयाँ फिल्म

यो अल्लु अर्जुनको २२ औं र एटलीको छैटौं फिल्म हो, त्यसैले फिल्मलाई अस्थायी रूपमा ‘एए२२-ए६’ ह्यासट्याग दिइएको छ । यो फिल्मलाई एटलीले निर्देशन गर्नेछन् भने कलानिधि मारन यसको निर्माता हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २६ गते १४:४४

काठमाडौं । फिल्म ‘पुष्पा २’बाट इतिहास रचेका दक्षिण भारतीय सुपरस्टार अल्लु अर्जुनले आफ्ना फ्यानलाई विशेष उपहार दिएका छन् । मंगलबार जन्मदिन मनाउँदै उनले नयाँ फिल्मको घोषणा गरे ।

यो फिल्मका लागि उनले निर्देशक एटलीसँग सहकार्य गर्दैछन् । सन पिक्चर्सले सामाजिक सञ्जालमा एउटा भिडियो पनि सेयर गरेको छ, जसमा एटली र अल्लु अर्जुन आफ्नो नयाँ प्रोजेक्टको लागि सँगै काम गरिरहेको देखिन्छ ।

भिडियोमा उनले फिल्ममा हस्ताक्षर गरेको र लस एन्जलसको भीएफएक्स स्टुडियोको भ्रमण गरेको पनि देखाइएको छ । अल्लु अर्जुनलाई चेन्नईमा रहेको प्रोडक्सन हाउसको कार्यालयतर्फ जाँदै गरेको देखाइएको छ, जहाँ उनी निर्देशक एटली र निर्माता कलानिधि मारनलाई भेट्छन् ।

तीनै जना मिलेर छलफल गर्छन् र त्यसपछि फिल्ममा हस्ताक्षर गर्छन् । यसपछि अल्लु अर्जुन र एटली लस एन्जलसको भीएफएक्स स्टुडियोको भ्रमण गर्छन् । त्यहाँ उनीहरू दुवैले आइरनहेड स्टुडियोका सीईओ र कला निर्देशक जोस फर्नान्डेज र स्पाइडर-म्यान र क्याप्टेन अमेरिका जस्ता फिल्महरूमा ग्राफिक्सका लागि परिचित भीएफएक्स सुपरभाइजर जेम्स म्याडिगनलाई भेट्छन् ।

फिल्ममा हलिउड स्तरको ग्राफिक्स देख्न सकिने अनुमान गरिएको छ । यो अल्लु अर्जुनको २२ औं र एटलीको छैटौं फिल्म हो, त्यसैले फिल्मलाई अस्थायी रूपमा ‘एए२२-ए६’ ह्यासट्याग दिइएको छ । यो फिल्मलाई एटलीले निर्देशन गर्नेछन् भने कलानिधि मारन यसको निर्माता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?