+
+
Shares

वसन्त ऋतुमा हिमाल आरोहण गर्न ३५ समूहका ३३० ले पाए अनुमति

सोमबारसम्म हिमालहरूबाट कुल २२ करोड रुपैयाँ आरोहण दस्तुर संकलन भइसकेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २६ गते १४:५२

२६ चैत, काठमाडौं । वसन्त ऋतुमा हिमाल आरोहणका लागि अहिलेसम्म ३५ समूहका ३ सय ३० जनाले अनुमति पाएका छन् ।

पर्यटन विभागका अनुसार सोमबारसम्म ७७ महिला र २ सय ५३ पुरुषले आरोहण अनुमति पाएका हुन् । यसमध्ये सर्वोच्च शिखर सगरमाथामा मात्र १२ समूहका १ सय २० जनाले आरोहण अनुमति पाएका छन् ।

विभागका अनुसार अहिलेसम्म १५ हिमालमा आरोहण अनुमति जारी भएको छ । दोस्रो स्थानमा अन्नपूर्ण प्रथम छ । यसमा ६ समूहका ६६ जनाले अनुमति पाएका छन् ।

त्यस्तै मकालु हिमालमा ३ समूहका ४० जनाले आरोहण अनुमति पाएको विभागले जनाएको छ । सोमबारसम्म हिमालहरूबाट कुल २२ करोड रुपैयाँ आरोहण दस्तुर संकलन भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?