+
+
Shares

देशमा रावणहरूको शासन छ : लोहनी

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २६ गते १४:५६

२६ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता डा. प्रकाशचन्द्र लोहनीले देशमा अहिले रावणहरूको शासन रहेको आरोप लगाएका छन् ।

काठमाडौंको बल्खुमा पार्टीले आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन्

‘नेपालमा अहिले रावणहरूको शासन भएको छ । रावण भनेको के हो ? विम्ब तपाईंको अघिल्तिर आउँछ,’ लोहनीले भने, ‘रावण भनेको अहंकार हो, अरुको चिज मेरो भन्ने घमण्ड हो । सर्वसाधरणलाई उपेक्षा गर्ने मनस्थिति हो । मैले गरेपछि जे पनि ठिक हुन्छ भन्ने हो । त्यो रावण प्रवृत्ति हो ।’

जनताको मत लिएर सरकारमा गएकाहरूमा रावण प्रवृत्ति हावि हुँदै गएको बताउँदै यसको विरुद्धमा संघर्ष गर्ने मूल चुनौती रहेको बताए ।

‘त्यो प्रवृत्ति जनताको मत लिएका राजनीतिज्ञ छन्, जनताले पठाएकाहरूको प्रवृत्ति रावण प्रवृत्ति भएर गएको छ । यो ढुकुटी भनेको मैले जे पनि गरेको छ,’ उनले भने, ‘यसको विरुद्धमा संघर्ष गर्न आजको मूल चुनौती हो । ठूला पार्टीहरू गर्ने छैनन् । उनीहरू त्यही प्रवृत्तिबाट फाइदा लिइरहेका छन् ।’

यस्ता प्रवृत्तिले नेपालको आत्मसम्मानमा, छविमा, सम्मानमा धुमिल बनाएको उनको आरोप थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?