२६ चैत, काठमाडौं । दसौं राष्ट्रिय खेलकुद प्रतियोगिताको ११ वटा उपसमितिमा सचिव नियुक्त भएका छन् ।
दसौं राष्ट्रिय खेलकुद प्रतियोगिता कार्यसम्पादन समितिका संयोजक तथा राष्ट्रिय खेलकुद परिषद (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले ११ वटा उपसमितिमा सचिव नियुक्त गरेका हुन् । कार्यसम्पादन समितिका संयोजकले सचिव तोक्ने व्यवस्था भएकोले घिसिङले राखेपका ११ कर्मचारीलाई विभिन्न ११ उपसमितिमा कर्मचारीलाई सचिवमा नियुक्त गरेका हुन् ।
जस अनुसार समारोह उपसमितिको सचिवमा मिनकुमार शर्मा, प्राविधिक उपसमितिको सचिवमा विष्णुवहादुर सिंह, पुनरावेदन उपसमितिको सचिवमा नारायणराज अर्याल र स्वास्थ्य उपसमितिको सचिवमा मधुसुधन बस्नेतलाई नियुक्त गरिए गरेका छन् ।
त्यस्तै सुरक्षा प्रवन्ध उपसमितिको सचिवमा विरोध विक्रम जिसी, खेल सामग्री तथा पोशाख व्यवस्थापन उपसमितिको सचिवमा देवराज कटुवाल, स्रोत परिचालन समितिको सचिवमा कुमार बस्नेत र प्रचार प्रसार उपसमितिको सचिवमा खुशराज दाहाललाई सचिवको जिम्मेवारी दिइएको छ ।
व्यवस्थापन उपसमितिको सचिवमा सुजन खतिवडा, अनुसन्धान उपसमितिको सचिवमा कृष्ण तिमिल्सिना र एन्टिडोपिङ उपसमितिको सचिवमा दोबे तामाङ नियुक्त भएका छन् ।
प्रतिक्रिया 4