+
+
Shares

आईजीपीलाई लिङ्देनको गम्भीर आरोप- युवा संघको सहअध्यक्ष रहेछन्

गत चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनमा प्रधानमन्त्री, गृहमन्त्री र प्रहरी प्रमुख जिम्मेवार रहेको भन्दै उनले प्रहरी प्रमुखबारे गम्भीर आरोप लगाएका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २६ गते १५:२२

२६ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) दीपक थापा सत्तारुढ दल नेकपा एमालेको भ्रातृ संगठन युवा संघको सहअध्यक्ष बनेको आरोप लगाएका छन् ।

मंगलबार पार्टीले काठमाडौंको बल्खुमा आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।

गत चैत १५ गते तीनकुनेमा भएको प्रदर्शनमा प्रधानमन्त्री, गृहमन्त्री र प्रहरी प्रमुख जिम्मेवार रहेको भन्दै उनले प्रहरी प्रमुखबारे गम्भीर आरोप लगाएका हुन् ।

‘अहिलेको प्रहरी प्रमुख त एमालेको युवा संघको सहअध्यक्ष पो रहेछ त । हामीले भेटेको खोका, अश्रुग्यासका बोक्रा जहाँ एक्सपाइरी डेट २००८ लेखेको रहेछ,’ लिङ्देनले भने, ‘अनि त्यो प्रहरी प्रमुख एमालेको प्रतिनिधि भएर निर्लज्जतापूर्वक हामीले हानेको अश्रुग्यास कसरी एक्सपाइ हुन्छ भन्छ । प्रहरी प्रहरी भएर बस्नुपर्छ, कुनै राजनीतिक दलको भ्रातृ संगठन भएर बस्ने होइन ।’

उनले अहिले फूली लगाइदिने दलका नाइके र सिफारिस गर्ने सधैं सत्तामा नहुने कुरा याद राख्न पनि उनले आग्रह गरेका छन् ।

‘तपाईं (दीपक थापा) लाई फुली लगाइदिने दलका नाइके र सिफारिस गर्नेहरू सधैं सत्तामा हुँदैनन् । यो कुरा याद राख्नुस् । प्रहरी प्रहरी भएर बसोस्,’ लिङ्देनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?