
काठमाडौं । इन्फिनिटी लघुवित्तले आफ्नो आन्तरिक प्रणालीमा एनसीएचएलको नेपाल पेमेन्ट इन्टरफेस (एनपीआई) जोडी डिजिटल कारोबार सुरु गरेको छ ।
योसँग इन्फिनिटी लघुवित्त एनपीआई मार्फत आफ्नो प्रणालीबाट कर्जाको भुक्तानी गर्ने पहिलो लघुवित्त बनेको एनसीएचएलले जनाएको छ ।
इन्फिनिटी लघुवित्तले अब एनसीएचल, आइपीएस र आरपीएस प्रणालीमार्फत आफ्ना बचत निक्षेप, कर्जाको किस्ता भुक्तानी लगायत विभिन्न संकलनका करोबार गर्न सक्नेछन् ।
त्यसैगरी तलब, भेन्डर भुक्तानी, कर्जा निकासा, सरकारी राजस्व, सामाजिक सुरक्षा कोष, नागरिक लगानी कोषका भुक्तानी लगायत विभिन्न प्रकारका भुक्तानी सम्बन्धी कारोबार आफ्ना तथा लाभग्राहीका बैंक खातामा सोझै गर्न सक्नेछन् । इन्फिनिटी लघुवित्तले एनपीआई मार्फत आफ्ना शाखाहरूको बैंक खातामा भएको रकम सहजै सेन्ट्रलाइज गर्नसमेत सक्नेछन् ।
एनसीएचएलका विभिन्न भुक्तानी प्रणालीको एकीकृत इन्टरफेसका रूपमा ओपन एपीआईको अवधारणामा विकास गरिएको एपीआईमा हाल ५३ सदस्य बैंक वित्तीय संस्था आबद्ध छन् भने अन्य पीएसपी/पीएसओ, रेमिट्यान्स कम्पनी, ११ लघुवित्त, मर्चेन्ट बैंक, सरकारी तथा अर्धसरकारी संस्था लगायत १ सयभन्दा बढी गैरबैंकिङ संस्था अप्रत्यक्ष र प्राविधिक सदस्यका रूपमा आबद्ध छन् । यसमार्फत सदस्य संस्थाहरूले एनसीएचएल प्रणाली प्रयोग गर्न सक्नेछन् ।
प्रतिक्रिया 4