+
+
Shares

लिङ्देनको प्रश्न- भृकुटीमण्डपमा आमसभा गर्दा ढल्ने कस्तो गणतन्त्र ?

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २६ गते १६:०१

२६ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले प्रशासनको आदेश मानेर आफूहरूले भृकुटीमण्डपको प्रदर्शन बल्खुमा सारेको विषयलाई कमजोर नठान्न आग्रह गरेका छन् ।

मंगलबार पार्टीले आयोजना गरेको खबरदारी सभालाई सम्बोधन गर्दै उनले शान्ति र अहिंसाप्रतिको आफ्नो विश्वासलाई कमजोरी नठान्न पनि आग्रह गरे ।

‘राप्रपा आज बल्खु जाउ भन्यो बल्खुमै आयो कमजोर भयो नठान्नुहोला । अर्कोचोटि सिफल आउ भनौला, अर्कोचोटि कलंकी जाउ भनौंला यो नठान्नू, राप्रपा भाग्यो नठान्नू,’ लिङ्देनले भने, ‘शान्ति अहिंसाप्रतिको हाम्रो विश्वासलाई कमजोरी नठान्नु । हामी पछि हटेको होइन, याद गर्नु, आज देश दुनियाँले तपाईंको गणतन्त्र कति लुरे रहेछ, कति कमजोर रहेछ देख्न पाए । त्यही देखाउन हामी यहाँ आएका हौं ।’

राप्रपाले मंगलबारको प्रदर्शनका लागि बल्खुमा सभा गर्नका लागि ठाउँ मागेको थियो ।  तर, भृकुटीमण्डपमा सुरक्षा चुनौती देखाउँदै बल्खुमा प्रदर्शनका लागि स्थान तोकिएको थियो ।

‘राप्रपा जो राजनीतिक पार्टी हो । जसले मौका पर्‍यो भने राजा ल्याउँछु, हिन्दू राष्ट्र ल्याउँछु भनेर भोट मागेर देशको पाँचौ दल भएको पार्टी हो । उसलाई भृकुटीमण्डपमा आमसभा गर्न दिँदा ढल्ने तिम्रो गणतन्त्र कस्तो गणतन्त्र, कति कमजोर गणतन्त्र हो,’ लिङ्देनले भने, ‘त्यो संसारले देखोस् भनेर कुनै लफडा नगरेको हो । हामीले आह्वान गरेर यस्तो जुलुस चार तिरबाट ठेल्दियो भने कसलाई गोली हान्छौ ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?