+
+
Shares

बल्खुको सभापछि राप्रपाले आफैं गर्‍यो सडक सफा (तस्वीरहरू)

केहीबेरमा सम्बोधन गरेका अध्यक्ष लिङ्देनले मेयर बालेनको नाम लिँदै आफैं सफा गर्ने बताएका थिए ।

आर्यन धिमाल आर्यन धिमाल
२०८१ चैत २६ गते १६:१५

२६ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बल्खुमा आफ्नो कार्यक्रम सकेसँगै फोहोर संकलनको काम थालेको छ ।

महानगरले जरिवाना गर्नसक्ने अवस्थालाई मध्यनजर गदैै राप्रपाका नेता, कार्यकर्ताहरू आफैं जुटेर फोहोर संकलन गर्न थालेका हुन् ।

कार्यक्रम चलिरहँदा पनि उद्घोषकले पानीका बोतल तथा फोहोरहरू व्यवस्थित गर्न आग्रह गरेका थिए ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहप्रति लक्षित गर्दै उद्घोषकले भनेका थिए, ‘एकजना पत्र काट्न तयार भएर बसेको छ । त्यो पत्र आउँछ । पानीको बोतल तपाईंले बोक्नुभएको भए पनि तपाईंको नाम थाहा नभएर राप्रपामा पत्र आउँछ ।’

केहीबेरमा सम्बोधन गरेका अध्यक्ष लिङ्देनले मेयर बालेनको नाम लिँदै आफैं सफा गर्ने बताएका थिए ।

‘बालेनजीलाई धेरै हिरो भएर पत्र नकाट्न म आग्रह गर्छु,’ उनले भनेका थिए,‘हाम्रा साथीहरूलाई आफैं सफा गरेर जान आग्रह गर्छु ।’

 

लेखक
आर्यन धिमाल

धिमाल अनलाइनखबरका फोटो पत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?