
२६ चैत, काठमाडौं । काठमाडौंको तीनकुनेमा १५ चैतमा भएको प्रदर्शनमा तोडफोड र आगजनी भएपछि मंगलबार बल्खु क्षेत्रका व्यवसायीहरूले सटर बन्द गरेका छन् ।
राजावादी प्रदर्शन उग्र बनेपछि व्यक्तिको सटर, घर तथा पसलमा तोडफोड र आगजनी भएको थियो ।
बल्खु क्षेत्रमा पनि त्यस्तै प्रकृतिको घटना हुनसक्ने भन्दै व्यवसायीहरूले भने पसल नै बन्द गरेका छन् ।
तर बल्खुको प्रदर्शन भने आज शान्तपूर्ण रह्यो । सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको थियो भने प्रदर्शनकारीहरू पनि निकै संयमित देखिएका थिए ।
प्रतिक्रिया 4