
२६ चैत, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिबाट राजीनामा दिएका केसरजंग बरालले राजीनामा आफैंले लेखेको तर निजी सचिवले गएर बुझाएको बताएका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सचिवालयले राजीनामामा सनाखत नभएको बताएपछि बरालले आफैंले राजीनामा लेखेको बताएका छन् ।
‘मेरै हातले लेखेर मेरो सचिवले गएर १५ चैतमा राजीनामा बुझएका हुन्,’ बरालले अनलाइनखबरसँग भने, ‘प्रधानमन्त्री कार्यालयको सचिवसँग हिजो र आज कुरा भएको थियो । मैले मेरै राजीनामा हो, मैले नै हस्ताक्षर गरेको हुँ भनेर भनिसकेको छु ।’
राजीनामा पत्रमा आफूले स्वास्थ्यको कारण राजीनामा दिएको उल्लेख गरेको उनले बताए । ‘स्वास्थ्यका कारण राजीनामा दिएको हुँ । अरू कुरापछि गरौंला,’ बरालले भने ।
प्रतिक्रिया 4