+
+
Shares

एनएलआईसीलाई ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी’ अवार्ड

यस अवार्डका लागि मनोनित लाइफ इन्स्योरेन्स कम्पनीमध्येबाट एनएलआईसी यो अवार्ड जित्न सफल भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २६ गते १८:०७

२६ चैत, काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (एनएलआईसी) ‘बेस्ट लाइफ इन्स्योरेन्स कम्पनी अफ द इयर २०२५’ बाट सम्मानित भएको छ।

काठमाडौंमा आयोजित ‘१७औं कर्पोरेट बिजनेस अवार्ड्स २०२५’ मा एनएलआईसी जीवन बिमा विधाबाट सम्मानित भएको हो ।

यस अवार्डका लागि मनोनित लाइफ इन्स्योरेन्स कम्पनीमध्येबाट एनएलआईसी यो अवार्ड जित्न सफल भएको हो । एनएएलआईसीका नायब प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयालले उक्त सम्मान ग्रहण गरेका थिए ।

नेपाली बीमा कम्पनीहरूको वित्तीय विवरण, सूचकांक, सुशासन दाबी भुक्तानी अनुपात, चुक्ता पूँजी, प्रथम बीमा शुल्क आर्जन, कम्पनीद्वारा मानव संशाधन विकासमा गरिएको लगानी, लगानी विविधीकरणमा गरिएका कार्य, अटोमेसन र डिजिटल ट्रान्सफर्मेसन क्षेत्रमा गरिएका कार्य, संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत गरिएका कार्यक्रम जस्ता मापदण्ड मूल्यांकन गर्दै एनएलआईसीलाई उक्त अवार्ड प्रदान गरिएको हो ।

कम्पनीको कार्यकुशलता, प्रभावकारिता एवं पारदर्शी नीति तथा योजना, आमजनमानसको विश्वसनीयता र लोकप्रियता तथा चुस्त, सहज र विस्तारित सेवा प्रवाहका आधारमा सर्वोत्कृष्ट रहँदै कार्यसम्पादन गरेकाले कम्पनी सम्मानित भएको हो ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले अवार्डबाट सम्मानित भएको सुखद अवसरमा सफलताको श्रेय सञ्चालक समिति अध्यक्ष तथा सदस्य, सम्पूर्ण कर्मचारी, अभिकर्ता, नियामक निकाय, सेयरधनी तथा नेपाल लाइफसँग आबद्ध समस्त मूल्यवान सेवाग्राहीलाई दिए ।

उक्त अवार्डले सामूहिक रूपमा सहकार्य गर्दै जीवन बीमाको महत्त्व तथा यसको उपयोगिताबारे अझै प्रभावकारी ढंगले नेपाली समाजलाई जागृत गराउँदै जीवन बीमा गर्न प्रोत्साहन गराउने काममा एनएलआईसीलाई अगाडि बढ्न हौसला मिलेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?