
२६ चैत, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका अध्यक्ष कमल थापा संयुक्त जनआन्दोलन समितिले आयोजना गरेको प्रतिबद्धता सभामा जाने भएका छन् ।
अध्यक्ष थापाले बुधबार काठमाडौंमा आयोजना हुने प्रतिबद्धता सभामा आफू सहभागी हुने बताएका छन् ।
‘हिन्दुराष्ट्र र राजसंस्था सहितको प्रजातन्त्रकको विचारलाई बदनाम गर्ने, निषेध गर्ने तथा सधैको निम्ति समाप्त पार्ने षडयन्त्र भइरहेको बेला पहिलो पटक सबै राष्ट्रवादीहरूको सहभागितामा डा.जगमान गुरुङको संयोजकत्वमा ‘संयुक्त जनआन्दोलन’ समिति गठन हुनु खुसीको कुरा हो, भोलि हुने प्रतिबद्धता सभामा म पनि जानेछु,’ उनले भनेका छन् ।
डा. जगमान गुरुङ कार्यवाहक संयोजक रहेको संयुक्त जनआन्दोलनसभाले २७ गते बुधबार स्मार्ट दरबार, शङ्खपार्कमा प्रतिबद्धता सभा आयोजना गरेको छ ।
प्रतिक्रिया 4