
२६ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमाले र नेपाली कांग्रेस गठबन्धनको वर्तमान सरकारले संविधानको रक्षा गर्दै जनतालाई समृद्धि र सुशान दिएरै छाड्ने बताएका छन् ।
सिरहा बजारमा आयोजित पार्टीको ११औं जिल्ला अधिवेशन सभालाई मंगलबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यो सरकार आगामी चुनावसम्म रहने बताए ।
उनले भने, ‘यो सरकार चुनावसम्म टसमस हुँदैन । अबको १५ महिनापछि कांग्रेस सभापति शेरबहादुर देउवालाई म हस्तान्तरण गर्छु । सरकार अहिले ढल्छ, भरे ढल्छ भन्नेहरू अब थाके । यो मजबुद सरकार हो ।’
प्रधानमन्त्री ओलीले राजतन्त्र फर्कन्छ भन्ने कसैको सपना पूरा नहुने बताए ।
१५ चैतको अराजक गतिविधिबाट राजतन्त्र पक्षधरको वास्तविकता देखिएको भन्दै प्रधानमन्त्री ओलीले आगजनी र तोडफोड गर्ने मान्छेका हातमा शासन नजाने र जान दिन नहुने बताए ।
‘तपाईंहरू ढुक्क हुनुस् । राजतन्त्र कुनै हालतमा फर्कँदैन । एमाले र कांग्रेसजस्ता पुराना र ठूला पार्टीले चलाएको सरकारले संविधान र व्यवस्थाको रक्षा गर्दै जनतालाई समृद्धि र सुशासन दिएर छाड्छ ।’
प्रतिक्रिया 4