+
+
Shares
तीनकुने घटना :

सविन र सुरेशको परिवारलाई भाटभटेनीले घरमै पुगेर दियो चेक, सविनकी श्रीमतीलाई रोजगारी

सोही घोषणा अनुरूप आज गुरुङले रजक र महजर्नको घरमा पुगेर क्रमशः ५ लाख र ३ लाख रुपैयाँ हस्तान्तरण गरेको भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत (सीओओ) पानु पौडेलले अनलाइनखबरलाई जानकारी दिए ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २६ गते १९:०२

२६ चैत, काठमाडौं । भाटभटेनी सुपर स्टोरका सञ्चालक मीनबहादुर गुरुङले १५ चैतमा राजावादीको आन्दोलनमा भएको हिंसात्मक घटनामा ज्यान गुमाएका दुई युवाको परिवारलाई घरमै पुगेर सहयोग रकम हस्तान्तरण गरेका छन् ।

गुरुङले २० चैत एक कार्यक्रमबीच पत्रकार सुरेश रजकको परिवारलाई ५ लाख र सविन महर्जनको परिवारलाई ३ लाख आर्थिक राहत दिने घोषणा गरेका गरेका थिए ।

सोही घोषणा अनुरूप आज गुरुङले रजक र महजर्नको घरमा पुगेर क्रमशः ५ लाख र ३ लाख रुपैयाँ हस्तान्तरण गरेको भाटभटेनीका प्रमुख सञ्चालन अधिकृत (सीओओ) पानु पौडेलले अनलाइनखबरलाई जानकारी दिए ।

यस्तै सविन महर्जनकी श्रीमतीलाई भाटभटेनीमा रोजगारी दिइने पनि उनले जानकारी दिए । ‘उहाँले १२ कक्षा पास गर्नुभएको रहेछ, उहाँको दक्षता अनुसार कहाँ ठिक हुन्छ उपयुक्त स्थान हेरेर रोजगारी दिने सल्लाह भएको छ,’ उनले भने ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?