+
+
Shares

१०९ केजी गाँजा र पेस्तोलसहित रौतहटबाट युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २६ गते १९:२३

२६ चैत, रौतहट। लागुऔषध गाँजा र कटुवा पेस्तोलसहित रौतहट प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा गौर नगरपालिका-४ टिकुलियाका २१ वर्षीय सावन गिरी रहेका छन् ।

उनलाई प्रहरीले रौतहट-४ स्थित रहेको झोलुङ्गे पुलको बाटो हुँदै लागुऔषध गाँजा १ सय ९ किलोग्राम र कटुवा पेस्तोलका साथै त्यसमा लाग्‍ने चार थान गोलीसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक दिलिप घिमिरेले बताए ।

एसपी घिमिरेका अनुसार पक्राउ परेका उनी झोलुङ्गे पुलको बाटो हुदै लागु औषध गाँजा ओसारपोसार गरी भारततर्फ लैजादै गरेको अवस्थामा भेटिएको थियो ।

‘प्रहरी उनीहरुलाई पछयाउदै जादा सावन गिरीलाई पक्राउ गरेको हो, ‘ उनले भने, ‘पक्राउ परेका गिरीको साथबाट ८ एमएम के एफ लेखिएको ३ थान गोलि र १ थान गोलि लोड रहेको कटुवा पेस्तोल फेला परेको हो।’

साथै अन्य फरार रहेका व्यक्तिहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका गिरीलाई लागु औषध तथा हातहतियार खरखजाना कसुर अन्र्तगत मुद्दामा म्याद थप गरेर आवश्यक अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक घिमिरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?