+
+
Shares
कविता :

ए हावादारी बतास !

विमल आचार्य विमल आचार्य
२०८१ चैत २६ गते १९:५४

बेकारमा चल्यो युद्धको बतास

हावादारी त्यो बतासलाई मेरो एउटा प्रश्न

मान्छे नै मार्नुपर्ने कारण के थियो खास ?

हेर त, क्षणभरमै सपनाहरू भइगए लास

मान्छेले मान्छेकै हरेर सास

देखाऊ मलाई दुनियाँमा को भएको छ पास ?

बेक्कारमा भयो कति कति सर्वनाश

ए हावादारी बतास !

मान्छे नै मार्नुपर्ने कारण के थियो खास ?

 

खोसियो कतिको गाँस, बास र कपास

अस्पताल र स्कुलसमेत भए विनाश

के पो जन्मायौ रे तिमीले—

शस्त्रसित गरेर सहवास

ए हावादारी बतास !

मान्छे नै मार्नुपर्ने कारण के थियो खास ?

ए बतास !

यो के गरेको तिमीले बकवास

मञ्जरीहरूमा सजाएर उदास

तन्नेरीहरूमा भरेर निराश

पातहरूलाई बनाएर हतास

फूलहरूलाई तुल्याएर दास

भन साँच्चै, छौ के तिमी दंगदास ?

ए बतास !

मान्छे नै मार्नुपर्ने कारण के थियो खास ?

 

चढ्न आफू सिँढी

उचाल्न आफ्ना पिँढी

भर्न आफ्नो बाकस

रंग्याउन आफ्नो आसपास

बनाउनैपर्थ्यो त तिमीले मान्छेलाई नै बाकस ?

ए बतास !

देखाऊ मलाई दुनियाँमा

तिमीभन्दा अर्काे बदमास

विन्ती, यस्तो खेल नखेल न ल

जहाँ कोही हुँदै त हुन्न पास

ए बतास !

मान्छे नै मार्नुपर्ने कारण के थियो खास ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?