
२६ चैत, काठमाडौं। नेपाल शिक्षक महासंघको काठमाडौं केन्द्रित आन्दोलनप्रति प्याब्सन र एनप्याब्सनले एक्यबद्धता जनाएका छन् ।
मंगलबार प्याब्सन र एनप्याब्सनले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै विद्यालय बन्द बाहेकको आन्दोलनमा प्याब्सन र एनप्याब्सनको ऐक्यबद्धता जनाएका हुन् ।
‘नयाँ शैक्षिक शत्र प्रारम्भ भइरहेको वर्तमान अवस्थामा, शिक्षण-सिकाई प्रक्रियामा अवरोध आउनेतर्फ सजग हुनुपर्ने वर्तमान परिप्रेक्ष्यमा नेपाल सरकार र सरोकारवाला पक्ष जिम्मेवार भई प्रस्तुत हुन हामी जोडदार माग गर्दछौं।’ प्याबसनका अध्यक्ष कृष्णप्रसाद अधिकारी र एनप्याबसनका अध्यक्ष सुवाष न्यौपानेले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
यस्तै विद्यालय शिक्षा विधेयकलाई यथाशीघ्र पारित गरी शिक्षा ऐन जारी गर्न प्याबसन एनप्याबसनको माग छ ।
हेर्नुहोस् प्याब्सन र एनप्याब्सनले निकालेको संयुक्त विज्ञप्ति :
प्रतिक्रिया 4