+
+
Shares

अछामको जयगढ बजारमा भीषण आगलागी, ७ पसल जलेर नष्ट

अछामको बान्नीगढी जयगढ गाउँपालिका-३ मा पर्ने जयगढ बजारमा मंगलबार साँझदेखि आगलागी भएको प्रहरीले साँझ ७ बजेर २० मिनेटदेखि आगलागी भएकोमा अहिलेसम्म नियन्त्रणमा लिन नसकिएको अछामका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) ईश्वरी भण्डारीले बताए ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २६ गते २०:५७
Photo Credit : Journalist Dhanraj Saund

२६ चैत, अछाम। अछामको जयगढ बजारमा भीषण आगलागी भएको छ ।

बान्नीगढी जयगढ गाउँपालिका-३ मा पर्ने जयगढ बजारमा मंगलबार साँझदेखि आगलागी भएको प्रहरीले साँझ ७ बजेर २० मिनेटदेखि आगलागी भएकोमा अहिलेसम्म नियन्त्रणमा लिन नसकिएको अछामका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) ईश्वरी भण्डारीले बताए ।

उनका अनुसार आगो नियन्त्रणमा लिन प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको टोली खटिएको छ । तर दमकल अभावमा समस्या भइरहेको छ ।

अहिलेसम्म ७ वटा पसल जलेर नष्ट भएका छन् ।

अहिले मंगलसेन नगरपालिकाको दमकल घटनास्थल पुगेर आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?