
२६ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रको भ्रातृ संगठन योङ कम्युनिस्ट लिग (वाईसीएल) को तेस्रो राष्ट्रिय सम्मेलन आगामी जेठ तेस्रो साता हुने भएको छ ।
प्रचार प्रसार विभाग समिति सदस्य जेनी भट्टका अनुसार, आगामी जेठ १७, १८ र १९ गते गर्नेगरी सम्मेलन तय भएको थियो ।
वाईसीएलका इन्चार्ज रामप्रसाद सापकोटा दीपशिखासहितको उपस्थितिमा बसेको बैठकले सम्मेलन गर्नेबारे निर्णय लिएको भट्टले बताए ।
साथै, बैठकबाट सम्मेलनको तयारीका लागि अन्य विविध विषयमा पनि छलफल भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4