
काठमाडौंँ । ‘मिस टिन युनाइटेड नेसन्स नेपाल २०२५’को उपाधि आँचल गिरीले जितेकी छन् । आयोजित फिनालेमा ‘मिस्टर टिन’को उपाधि चाहिँ मृनल श्रेष्ठले हात पारे ।
विजेता दुवैले अमेरिकाको फ्लोरिडा राज्यमा आयोजना हुने प्रतियोगिताको अन्तर्राष्ट्रिय संस्करणमा नेपालको प्रतिनिधित्व गर्न पाउनेछन् ।
प्रतियोगितामा पब्लिक च्वाइस अवार्ड स्मारिका मगर र रोहित श्रेष्ठले प्राप्त गर्दा प्रतिक्षा बस्नेत र आश्रिया तामाङले ‘अर्गनाइजर च्वाइस’ अवार्ड जिते ।
रोजिन शाक्यको कोरियोग्राफी रहेको प्रतिस्पर्धामा प्रतिस्पर्धीले दुर्गा बस्नेत, समीक्षा लामिछाने, बबिता प्रधान र अनिता खातीले तयार पारेका डिजाइन प्रस्तुत गरे ।
निर्णायकमा युनाइटेड नेसन्स प्याजेन्टस्का तर्फ अमेरिकाबाट नेपाल आएका लियन विलियम्स, फेसन डिजाइनर सजिना विष्ट, फेसन फोटोग्राफर सन्जय रौनियार र गायिका रेखा शाह थिए ।
स्मार्ट गफ आयोजक रहेको प्रतियोगिताको राष्ट्रिय निर्देशक प्रमिला सिलवाल र इभेन्ट निर्देशक रमेश शाही थिए ।
प्रतिक्रिया 4