
बार्सिलोना । स्पेनमा सम्पन्न चैते दसैं कप भलिबल प्रतियोगिता-२०८१ को उपाधि रोयल राइडर्स बार्सिलोनाले जितेको छ । सोमबार सम्पन्न फाइनल खेलमा रोयल राइडर्सले तमु समाज म्याड्रिडलाई कडा प्रतिस्पर्धामा ३–२ को सेटमा हराउँदै उपाधि उचालेको हो।
उपाधिसँगै विजेता टिमले नगद १,५५५ युरो, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । उपविजेता बनेको तमु समाज म्याड्रिडले पनि नगद १,०५५ युरो, ट्रफी, शिल्ड र प्रमाणपत्र हात पार्यो।
तमु समाज म्याड्रिड, युथ क्लब म्याड्रिड,रोयल राइडर्स बार्सिलोना, एनआरएनए स्पेन, बाग्लुङ समाज (रातो), बाग्लुङ समाज (सेतो), मोना स्पेन, मगर समाज स्पेन, क्षेत्री समाज स्पेन, र बिसिएन स्पेन गरी प्रतियोगितामा १० टिमहरू सहभागी थिए ।
नेपाली समुदायको बाक्लो उपस्थिति र उत्साही सहभागिताले प्रतियोगिता रोचक बनेको थियो । दर्शकहरूको मैदानमा उत्रिएका खेलाडीहरूको हौसला बढाएका थिए ।
समाजकी अध्यक्ष प्रगति शर्माले अप्रिल ६ र ७ सम्म चलेको प्रतियोगितामा महिला भलिबल र १३ वर्षमुनिका बालबालिकाबीचको फुटबल खेल समेत समेटिएको बताइन्। उनले यस्ता खेलले प्रवासी नेपाली समुदायबीच भाईचारा, सद्भाव र एकताको भावना अझ बलियो बनाउने विश्वास व्यक्त गरिन्।
बागलुङ समाज स्पेनको आयोजनामा सम्पन्न प्रतियोगितामा स्पेनभरका विभिन्न नेपाली संघ-संस्थाहरूले भाग लिएका थिए।
प्रतिक्रिया 4