+
+
Shares

सिड्नीमा पारिजातलाई सम्झिंदै नेपाली साहित्यकार

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २७ गते ८:०१

२७ चैत, सिड्नी । नेपाली साहित्यकी कालजयी स्रष्टा परिजातको ८८औँ जन्मजयन्तीको अवसरमा अष्ट्रेलियाको सिड्नीमा विशेष साहित्यिक कार्यक्रम आयोजना गरिने भएको छ।

नइ एकेडेमी अष्ट्रेलियाको आयोजनामा १९ अप्रिल २०२५ शनिबारका दिन हुने उक्त्त  कार्यक्रममा ‘युथ अफ दि इयर २०२५’ पनि प्रदान गरिने नई एकेडेमी अस्ट्रेलियाका अध्यक्ष सीमा रोसीले जानकारी दिइन् ।

गुइल्डफोर्ड कम्युनिटी सेन्टर, सिड्नीमा आयोजना हुने कार्यक्रम दिउँसो १२:३० देखि ४:३० बजेसम्म सञ्चालन हुनेछ ।

नेपाली साहित्यको प्रतिष्ठित प्रवाहलाई प्रवासमा समेत जगेर्ना गर्ने उद्देश्यले आयोजना गरिएको सो कार्यक्रममा विविध सांस्कृतिक तथा साहित्यिक कार्यक्रम समावेश गरिने आयोजकले जनाएका छन् ।

कार्यक्रमका प्रमुख आकर्षणहरूमा पुरस्कार वितरण, कविता वाचन, नृत्य र संगीत प्रस्तुति, साथै स्वादिलो नेपाली खाना तथा पेय पदार्थको व्यवस्था रहेको छ ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा नेपालबाट साहित्यकार तथा नइ एकेडेमी नेपालकी चान्सलर इन्दिरा प्रसाईंको विशेष सम्बोधन रहनेछ । साथै, गायकद्वय निशा केसी र सुनिल कटुवालले सांगीतिक प्रस्तुति दिनेछन् ।

कार्यक्रममा अष्ट्रेलियास्थित विभिन्न व्यवसायिक, सामाजिक र सञ्चार संस्थाहरूको समर्थन तथा सहकार्य रहेको छ।

-सीता रसाईलीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?