२७ चैत, काठमाडौं । हङकङमा आजदेखि सुरु भएको टी-२०आई प्रतियोगिताअन्तर्गत पहिलो खेलमा नेपालले कतारसँग खेलिरहेको छ ।
खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कतारले नेपाललाई मध्यम लक्ष्य प्रस्तुत गरेको छ । कतारले २० ओभरमा ५ विकेट गुमाएर १५१ रन बनायो ।
कप्तान इक्रमुल्लाह खानले अर्धशतक बनाए । ५४ बलमा ५४ रन बनाएका उनले ५ चौका र २ छक्का प्रहार गरे । शाहजैब जमिलले ३१ तथा मुजीब उर रेहमानले अविजित २० र मुहम्मद इर्शादले अविजित १८ रन बनाएर फिनिस गरे ।
नेपालका लागि करण केसी, सोमपाल कामि, नन्दन यादव, गुल्शन झा र ललित राजवंशीले १-१ विकेट हात पारे ।
पेस बलर नन्दन यादवले राष्ट्रिय क्रिकेट टोलीबाट डेब्यू गरेको पहिलो खेलमै विकेट प्राप्त गरेका हुन् ।
नन्दन यसअघि एकदिवसीय टिममा परेपनि डेब्यू भने गर्न बाँकी छ । टी२०आई टोलीमा परेको पहिलो खेलमै नन्दनले डेब्यूको मौका पाएका हुन् ।
यस प्रतियोगितामा हङकङ, नेपाल, कतार र कुवेत सहभागी छन् ।
प्रतिक्रिया 4