
संसारबाट १२ हजार ५०० वर्षअघि नै लोप भएको एउटा ब्वाँसोको प्रजातिलाई वैज्ञानिकहरूले पुनः पृथ्वीमा ल्याउन सफल भएका छन् ।
गेम अफ थ्रोन्स सिरिजले चर्चित बनाएको डायर उल्फ प्रजातिको उक्त ब्वाँसोले जेनेटिक एडिटिंग प्रविधिमार्फत् १० हजार वर्षपछि पुनर्जीवन पाएको हो ।
वैज्ञानिकहरुले लोप भैसकेको यो प्रजातिलाई गत अक्टोबर १ मा पुर्जीवन दिने क्रममा रोमुलस र रेमस नामक दुई बच्चा पैदा गराउन सफल भए ।
अमेरिकाको टेक्सासमा रहेको कोलोसल बायोसाइन्सेसका वैज्ञानिकहरुले जेनेटिक सम्पादनको प्रयोग गरेर एउटा पूर्ण डायर उल्फको जिनोम तयार पारे । त्यसबाट उनीहरुले उक्त ब्वाँसोका तीनवटा बच्चा उत्पादन गर्न सफल भएको सोमबार सार्वजनिक गरेका छन् ।
डायर उल्फ विश्वकै विलुप्तीमुक्त जीव भएको कोलोसल कम्पनीको भनाइ छ ।
११ हजार ५०० तथा ७२ हजार वर्ष पुरानो जिवावशेषमा पाइएको प्राचीन डिएनएबाट सावधानीपूर्वक त्यसलाई पुनर्निर्मित गरिएको थियो ।
कोलोसल बायोसाइन्सेसका अनुसार उसको उद्देश्य यस्तो पहिलो कम्पनी बन्नु थियो जसले सिआआईएसपिआर (क्लस्टर्ड रेगुलेटरी इन्टरस्पेस्ड शर्ट प्यालिन्ड्रोमिक रिपिट्स) प्रविधिको सफलतापूर्वक प्रयोग गरेर विलुप्त प्रजातिलाई पृथ्वीमा फिर्ता ल्याउन सक्षम होस् ।
यसरी पैदा गरिएका बच्चा रोमुलस, रेमस र खलिसी सामान्य भालुको बच्चा (गदु) जस्तै खेलिरहेका छन्, तर उनीहरू सामान्य गदुभन्दा फरक छन् ।
हिउँजस्तै सेता ती ६ महिनाका बच्चाका बारेमा धेरै कुरा अनौठो छ, खासगरी उनीहरुको आकार ।
कम उमेरमै ती गदुहरु करिब चार फिट लामा छन् र तौल ३६ केजीभन्दा धेरै छ । यो भालुको जीउ वयस्क हुँदा ६ फिट लामो र ६८ केजी वजनसम्मको हुनसक्ने बताइएको छ ।
यी ठूलो आकारका छन् र व्यवहार जंगली ब्वाँसोजस्तै छ । उनीहरुले मानिससँग दूरी कायम गर्दछन् र मानिस नजिक आउँदा पछि हट्छन् । उनीहरुलाई जन्मदेखि नै लालनपालन गर्दै आएका सुसारेसँग पनि ती बच्चा नजिक आउँदैनन् ।
यो घरेलु कुकुरको व्यवहार होइन, जंगली ब्वाँसोको व्यवहार हो । डायर उल्फ सदियौं अघि अमेरिकी महादेशमा भेनेजुयलाको दक्षिणी भागदेखि क्यानडाको उत्तरी भागसम्म फैलिएको एक विस्तृत श्रृंखलामा घुम्थ्यो । तर, १० हजारभन्दा धेरै वर्षअघि नै यो प्रजाति लोप भएको थियो ।
कोलोसल वैज्ञानिकहरुले जेनेटिक इन्जिनियरिंग तथा प्राचीन डिएनएको प्रयोग गरेर डायर उल्फको जिनोमलाई बुझ्न सफल भए । सामान्य खैरो भालुको जेनेटिक कोडसँग यो भालुको जेनेटिक कोड मिलाउने कोसिस गरे । तत् पश्चात् उनीहरुले घरपालुवा कुकुरलाई भाडाको आमाको रुपमा प्रयोग गरेर रोमुलस, रेमस र खलिसीलाई यस संसारमा ल्याउन सफल भए ।
विश्व इतिहासमा वैज्ञानिकहरुले कुनै विलुप्त प्रजातिलाई पुनः फिर्ता ल्याएको यो पहिलो पटक हो । खलिसीको उमेर दुई महिनाको मात्रै भएको छ । जबकि रोमुलस र रेमस ६ महिनाका भए ।
कोलोसल कम्पनीले डायर उल्फका अलावा अन्य विलुप्त जीवलाई पनि फिर्ता ल्याउन चाहन्छ, जसमा मेमथ, डोडो र थाइलासिन लगायतका छन् । कम्पनीले गत महिना एक भुवादार मुसा तयार पारेको सार्वजनिक गरेका थिए, जसमा मेमथका लक्षणहरु छन् ।
आफ्नो कम्पनीले विकास गरेको प्रविधिले लोप भैसकेका जीवलाई फिर्ता ल्याउने मात्र नभइ लुप्तप्रायः बनिसकेका जीवलाई समेत जोगाउन मद्धत गर्ने कोलोसलको भनाइ छ ।
वैज्ञानिकहरुका अनुसार मेमथलाई पृथ्वीमा फिर्ता ल्याउन सकियो भने त्यसले अहिलेका हात्तीलाई झनै बलशाली बनाउन सकिनेछ जो जलवायु परिवर्तनसँग उत्कृष्ट तरिकाले जुध्न सक्नेछ ।
थाइलासिनलाई फिर्ता ल्याउँदा क्वोल नामक जीवनलाई बँचाउन सहयोग पुग्नेछ भने डायर उल्फलाई पुनर्जीवन दिँदा रातो ब्वाँसो जोगाउन मद्दत मिल्नेछ ।
प्रतिक्रिया 4