+
+
Shares

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र वैशाख ७ देखि खुल्ने

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २७ गते ९:१०

२७ चैत, काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले वैशाख ७ गतेदेखि ऋणपत्र निष्कासन गर्ने भएको छ ।

७ वर्षे अवधिको यो ऋणपत्रमा लगानी गर्नेले वार्षिक ७ प्रतिशत ब्याजदर पाउने छन् । अंकित मूल्य १ हजारका दरले कुल २५ लाख कित्ता ऋणपत्र निष्कासन हुन लागेको हो ।

जसमध्ये ९ लाख ५० हजार कित्ता ऋणपत्र सर्वसाधारणमा निष्कासन हुनेछ । छिटोमा वैशाख १० गतेसम्म र सो अवधिसम्म पूर्ण रुपमा बिक्री नभएमा २१ गतेसम्म लगानी आवेदन दिन सकिनेछ ।

पूर्ण सरकारी स्वामित्वको यो बैंकको ऋणपत्रमा न्यूनतम २५ कित्ता अर्थात् २५ हजार रुपैयाँ लगानी गर्न सकिनेछ ।

धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धकमा सानिमा क्यापिटल छ । केयर रेटिङ नेपालले बैंकलाई ए प्लस रेटिङ दिएको छ । जुन रेटिङले ऋणपत्रमा लगानी सुरक्षा मजबुत रहेको जनाउँछ ।

गत पुस मसान्तसम्म बैंकको प्रतिसेयर नेटवर्थ नै ३२९ रुपैयाँ ८४ पैसा छ । १ अर्ब २५ करोड सञ्चित नोक्सानी छ । यस्तो ऋणपत्र बैंकहरुमा धितो राखेर ऋण लिन सकिन्छ भने दोस्रो बजारमा किनबेच पनि गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?