+
+
Shares

ह्वाट्स एपमा नयाँ फिचर आउँदै, अब भरिनेछैन फोनको फोटो ग्यालरी

एजेन्सी एजेन्सी
२०८१ चैत २७ गते ९:३७

सोसल मिडिया कम्पनी मेटाले आफ्नो मेसेजिंग प्लाटफर्म ह्वाट्स एपमा छिट्टै नै एउटा नयाँ गोपनियता फिचर थप गर्दैछ ।

Advanced Chat Privacy  नामक उक्त फिचर खासगरी आईओएस प्रयोगकर्ताका लागि तयार पारिएको र यसको उद्देश्य प्रयोगकर्ताको कुराकानीलाई थप सुरक्षित बनाउनु रहेको बताइएको छ ।

के हो एडभान्स्ड च्याट प्राइभेसी फिचर ?

WABetaInfo ले प्रकाशित गरेको समाचार अनुसार ह्वाट्स एपको आइओएस एपको बिटा संस्करण 25.10.10.70 मा यो फिचर देखा परेको छ । यो फिचरको सहायताले प्रयोगकर्ताले आफुले पठाएका फोटो, तथा भिडियोजस्ता मिडिया फाइलहरुमा अतिरिक्त नियन्त्रण प्राप्त गर्नेछन् ।

यो फिचरमा के छ ?

  • फोटोरभिडियोको अटोसेभ रोकिने : यदि तपाईंले यो फिचर अन गर्नुभयो भने तपाईंले ह्वाट्स एपमा पठाउनुभएका फोटो तथा भिडियो प्राप्त गर्ने व्यक्तिले ती फोटो तथा भिडियोलाई आफ्नो फोनको ग्यालरीमा अटोम्याटिक रुपमा सेभ गर्न पाउने छैन ।
  • च्याट एक्सपोर्टमा रोक : जो प्रयोगकर्ताले यो फिचर खोल्नेछन् त्यस्ता प्रयोगकर्तासँग गरिएका च्याट कसैले पनि एक्सपोर्ट गर्न पाउनेछैन । अर्थात् तपाईंका ह्वाट्स एपका कुराकानी अरु कुनै डिभाइसमा पठाउन पाइनेछैन ।
  • मेटा एआईसँगको अन्तरक्रियामा रोक : यो फिचरले सम्भवतः मेटा एआई च्याटबट सँगको कुराकानीलाई पनि सीमित गर्नसक्छ, जसबाट तपाईंका निजी जानकारीहरु थप सुरक्षित हुनेछन् ।

यो फिचरले कसरी काम गर्छ ?

जब यो फिचर सक्रिय बनाइन्छ तब कुनै प्रापक व्यक्तिले आफ्नो ह्वाट्स एपमा प्राप्त भएका फोटो तथा भिडियो सेभ गर्न चाहेमा ह्वाट्स एपमा एउटा पपअप देखिनेछ । जसमा Advanced chat privacy has been turned on, and prevents media auto-saving to your device’s gallery लेखिएको हुन्छ ।

यो फिचर अझै पनि थप विकास हुने चरणमा छ र एप्पलको TestFlight कार्यक्रम अन्तरगत रजिस्टर्ड बिटा प्रयोगकर्ताका लागि समेत अझै उपलब्ध छैन । आगामी केही हप्तामा बिटा प्रयोकगर्ताका लागि यो फिचर उपलब्ध हुने अपेक्षा गरिएको छ ।

लेखक
एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?