२७ चैत, काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२५ मा आज पोखरा थण्डर्स र धनगढी एफसीबिच प्रतिस्पर्धा हुँदैछ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ ।
पोखराको यो चौथो खेल हुनेछ भने धनगढी आफ्नो तेस्रो खेल खेल्दैछ । दुवै टोली दोस्रो जितको लक्ष्यमा छन् । धनगढी एक जित र एक बराबरीबाट ४ अंक जोडेर चौथो स्थानमा छ । पहिलो खेलमा बुटवल लुम्बिनीलाई ४-१ ले हराएको धनगढीले दोस्रो खेलमा ललितपुर सिटीसँग बराबरी खेलेको थियो ।
पोखरा १ जित र २ हारबाट ३ अंक जोडेर छैटौं स्थानमा छ । सुरुवाती दुई खेलमा लगातार हार व्यहोरेको पोखराले पछिल्लो खेलमा काठमाडौं रेजर्सलाई पराजित गरेको थियो ।
दुवै टोली आजको खेलमा जित हात पार्दै शीर्ष दुईमा पुग्ने लक्ष्यमा छन् ।
प्रतिक्रिया 4