+
+
Shares

सुर्खेत उपत्यका नगर विकास समितिको कार्यालयमा अख्तियारको २ घण्टा छापा

समितिका लेखापाल खड्कबहादुर रानाले तीन करोड हिनामिना गरेको उजुरी परेपछि अख्तियारले २ घण्टा लगाएर छापा हानेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २७ गते १३:०७

२७ चैत, सुर्खेत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुर्खेत उपत्यका नगर विकास समितिको कार्यालयमा छापा हानेको छ । अख्तियारको सुर्खेतस्थित कार्यालयबाट खटिएको टोलीले बुधबार बिहान समितिको कार्यालयमा छापा हानेको हो ।

समितिका लेखापाल खड्कबहादुर रानामाथि तीन करोड रुपैयाँ बराबरको राजस्व हिनामिना गरेको आरोप लागेको छ । लेखापाल रानाले रकम हिनामिना गरेको उजुरी अख्तियारको केन्द्रीय कार्यालय टंगालमा परेको थियो ।

सोही उजुरीका आधारमा अहिले अख्तियारले नगदी रसिदहरूसहित अन्य कागजातहरू नियन्त्रणमा लिएको छ । करिब दुई घण्टादेखि अख्तियारको टोली उपत्यका नगर विकास समितिको कार्यालयमा खानतलासी गरेको छ ।

यसबारे अख्तियार सुर्खेतले भने गोप्य अप्रेसन भएको भन्दै थप जानकारी दिएको छैन । ‘यो गोप्य अप्रेसन हो । यसबारे म तपाईंलाई कुनै पनि जानकारी दिन सक्दिन’, कार्यालयका सूचना अधिकारी धर्मराज खत्रीले अनलाइनखबरसँग भने ।

हाल अनुसन्धान प्रक्रिया जारी रहेको र थप अनुसन्धानपछि कारबाही अघि बढाइने अख्तियारले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?