+
+
Shares
बक्सअफिस :

नेपाली फिल्म बजारको आकार २ अर्ब ७० करोड पुग्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २७ गते १३:४९
सर्वकालिन ब्लकबस्टर फिल्म ‘पूर्णबहादुरको सारंगी’को एक दृश्यलाई गिब्ली आर्टमा रुपान्तरण गर्दाको एआई तस्वीर ।

काठमाडौं । २०८१ सालमा नेपाली फिल्मको बजारको आकार २ अर्ब ७० करोड रुपैयाँ ग्रस पुगेको छ । संचार तथा सूचना प्रविधि मन्त्रालयको बक्सअफिस रिपोर्टअनुसार यसवर्ष नेपाली फिल्म बजारको आकार ऐतिहासिकरुपमा अभूतपूर्व देखिएको छ ।

नेपाली र अन्तर्राष्ट्रिय रिलिजबाट मात्र यसवर्ष कूल २ अर्ब ७० करोड रुपैयाँ कमाइ भएको छ । यसवर्ष रिलिज भएका कूल ५९ नेपाली फिल्मको कूल कमाइ १ अर्ब ८० करोड छ ।

यसवर्ष रिलिज भएका कूल ८३ विदेशी फिल्मको कमाई ८९ करोड ५८ लाख नेरु छ । नेपाली र विदेशी फिल्मको कूल कमाई जोड्दा २०८१ सालमा २ अर्ब ७० करोड हुन आउँछ । पहिलोपटक नेपाली फिल्म बजारको कमाइमा यस्तो उछाल आएको हो ।

यसैवर्ष नेपाली फिल्मको कूल टिकट ५७ लाख ३७ हजार वटा बिक्री भएको छ । विदेशी फिल्मको टिकट २६ लाख ९० हजार पुगेको छ । दुबै फिल्मको कूल टिकट ८४ लाख ५७ हजार पुग्छ ।

यसवर्ष ‘पूर्णबहादुरको सारंगी’ र दक्षिण भारतीय फिल्म ‘पुष्पा २’को योगदान नेपालको बक्सअफिसमा देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?