+
+
Shares

डोमिनिकन रिपब्लिकमा नाइट क्लबको छत भत्किँदा झन्डै १०० जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २७ गते १५:२७
Photo Credit : Reuters

काठमाडौं । डोमेनिकन रिपब्लिकनमा एक क्लब घरको छत भत्किँदा झन्डै १०० जनाको मृत्यु भएको छ ।

गायक रुबी पेरेजको जेट सेट नाइट क्लबमा कन्सर्ट चलिरहँदा क्लबको छत भत्किएको थियो । स्थानीय सञ्चार माध्यमका अनुसार क्लब घरको छत भत्किने समयमा पाँच सयदेखि एक हजार मानिस सहभागी थिए ।

प्रख्यात डोमिनिकन मेरेन्गु गायक पेरेजले मञ्चमा गाइरहेको अवस्थामा मंगलबार मध्यरातमा छत भत्किएको थियो ।

मृतकमध्ये ५१ वर्षीय सेवानिवृत्त मेजर लिग बेसबल पिचर अक्टाभियो डोटेल पनि रहेका छन् । उनले सन् २०११ मा सेन्ट लुइस कार्डिनल्ससँग विश्व शृङ्खला जितेका थिए ।

पेरेजकी छोरी जुलिन्काले भने भागेर ज्यान बचाएकी थिइन्  ।

राष्ट्रपति लुइस अबिनाडरकाले घटनास्थलको भ्रमण गरी तीन दिनको राष्ट्रिय शोकको घोषणा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?