+
+
Shares

दयाहाङ र विजयले सके ‘वरिष्ठ बलराम’को छायांकन

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २७ गते १६:२४

काठमाडौं । सुरेन्द्र पौडेल निर्देशित फिल्म ‘वरिष्ठ बलराम’को छायांकन सकिएको छ । चितवन र हेटौंडाका विभिन्न स्थानमा छायांकन गरिएको फिल्मको छायांकन ३६ दिनमा सकिएको हो ।

‘अपेक्षा गरेजस्तै छायांकन गर्न सफल भएका छौँ । कथाले मागेको लोकेसनमा चाहे जसरी छायांकन गरेका छौँ’ निर्देशक पौडेलले भने, ‘अब पोस्टप्रोडक्सनमा पनि मेहनत गर्नेछौँ र दर्शकले चाहेजस्तै चलचित्र निकाल्ने छौँ ।’

सामाजिक कथावस्तु पस्किने या फिल्म सन्देशमूलकसँगै मनोरञ्जनप्रदान हुने निर्देशक पौडेलले बताए ।

यो फिल्ममा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, गौमाया गुरुङ, पशुपति राई, माओत्से गुरुङ, प्रदीप चौधरी, रामबाबु रेग्मीलगायत कलाकारको अभिनय छ ।

यो फिल्म लक्ष्मी पूजाका दिन कात्तिक ३ गते रिलिज हुने जनाइएको छ । । आशिस एच तामाङ र श्रीराज कार्की निर्माताका रूपमा छन् । निर्देशक पौडेलकै कथा र सम्पादन रहने फिल्मको कथा महेश दवाडीले लेखेका छन् ।

सामाजिक कथावस्तुमा आधारित फिल्ममा मानकृष्ण महर्जनको छायांकन हुनेछ । तारानाथ न्यौपाने मुख्य सहायक निर्देशक रहेको फिल्ममा प्रशान्त शिवाकोटीको संगीत, सम्राट बस्नेतको द्वन्द्व निर्देशन, प्रदीप लामाको नृत्य छ ।

वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुति र आन्भी फिल्मसको सहकार्यमा फिल्म निर्माण भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?