+
+
Shares

मानव बेचबिखन कसुरमा ५ वर्ष कैद तोकिएको व्यक्ति पक्राउ

पक्राउ पर्नेमा गोरखाको गोरखा नगरपालिका–११ घर भएका २१ वर्षीय निरज ढकाल छन् । उनलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले गोरखाबाट पक्राउ गरेको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २७ गते १६:३३

२७ चैत, काठमाडौं । मानव बेचबिखन तथा ओसारपसारको कसुरमा पाँच वर्ष कैद सजाय तोकिएका एक व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा गोरखाको गोरखा नगरपालिका–११ घर भएका २१ वर्षीय निरज ढकाल छन् । उनलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले गोरखाबाट पक्राउ गरेको हो ।

उनले टोखामा घर भाडामा लिई खाजा सञ्चालन गर्र्दै आएका थिए । उक्त खाजा घरमा उनले बालिकालाई यौन व्यवसायमा लगाएको आरोप थियो ।

प्रति ग्राहक एक हजार रुपैयाँ लिएर बालिकालाई यौन कार्यमा लगाएको आरोपमा उनलाई ब्यूरोको टोलीले २५ मंसिर २०७९ मा पक्राउ गरेको थियो । त्यतिबेला उनी १ लाख धरौटीमा रिहा भएका थिए ।

फैसला हुँदा भने उनी दोषी ठहर हुँदै ५ वर्ष कैद र २५ हजार रुपैयाँ जरिवाना तोकिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?