+
+
Shares
फिल्म :

चीनले हलिउड रिलिजमा प्रतिबन्ध लगाउन लागेको हो ?

वार्नर ब्रदर्स र लेजेन्डरीको हालै रिलिज भएको फिल्म ‘अ माइनक्राफ्ट’माथि लगाइएको प्रतिबन्धले ‘जुरासिक वर्ल्ड : रिबर्थ’, ’द अकाउन्टेन्ट २’ र ‘मिसन इम्पोसिबल’ को सिक्वेलजस्ता आगामी फिल्मले चिनियाँ बजारमा अर्बौं डलर गुमाउनेछन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २७ गते १६:५१

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीन लगायतका मुलुकविरुद्ध चर्को भन्सार शुल्क लगाएका छन् । ट्रम्पको यो कदमले विश्व बजारमा सुस्तता आउनेदेखि अन्तर्राष्ट्रिय ब्यापार प्रणालीमा असर पर्ने चिन्ता जनाइएको छ ।

ट्रम्पले सबैभन्दा धेरै भन्सार शुल्क दोस्रो ठूलो अर्थतन्त्र चीनविरुद्ध तोकेका छन् । जवाफमा चीनले पनि अमेरिकी सामानमा जवाफी भन्सार शुल्क तोकेको छ । यस्तोमा, यी दुई अर्थतन्त्रबीच ब्यापार युद्धको जस्तै अवस्था छ ।

ट्रम्पले यदि चीनले आफ्नो ३४ प्रतिशत भन्सार शुल्क फिर्ता नलिए आफूले ५० प्रतिशत अतिरिक्त भन्सार शुल्क वृद्धि गर्ने चेतावनी दिएका छन् । यस्तोमा, चीनले हलिउड फिल्मलाई आफ्नो मुलुकमा रोक लगाउने योजना बनाइरहेको अन्तर्राष्ट्रिय संचारमाध्यमले जनाएका छन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका रिपोर्टअनुसार ट्रम्पको भन्सार शुल्क वृद्धिको प्रतिक्रियामा चीनले आफ्नो बजारबाट हलिउड फिल्महरूमाथि प्रतिबन्ध लगाउन सक्छ । डेली मेलको रिपोर्टअनुसार, अमेरिकाले बढाएको कर वृद्धिको धम्की चीनले कहिल्यै स्वीकार गर्ने छैन ।

कम्युनिष्ट पार्टीसँग सम्बन्धित एक चिनियाँ पत्रकारले बीबीसीको ‘रेडियो ४’ कार्यक्रममा आफ्नो मुलुकले भटमासजस्ता अमेरिकी कृषि निर्यातमा उच्च शुल्क लगाउने, सबै अमेरिकी कुखुरालाई चीन प्रवेशमा प्रतिबन्ध लगाउनेछ र अमेरिकी चलचित्रलाई देशमा प्रवेश गर्न प्रतिबन्ध लगाउने बताएका छन् ।

ब्लूमबर्गको रिपोर्टअनुसार, दुई प्रभावशाली चिनियाँ ब्लगरहरूले ट्रम्पको ट्यारिफ धम्कीलाई जवाफ दिन अधिकारीहरूले विचार गरिरहेका उपायहरूको सूची साझा गरेका छन् । रिपोर्टका अनुसार, अमेरिकी फिल्महरूले सन् २०२४ मा चीनमा ५८५ मिलियन डलर कमाएका थिए, जुन चीनको १७.७१ अर्ब डलरको बक्स अफिसको लगभग ३.५% थियो ।

वार्नर ब्रदर्स र लेजेन्डरीको हालै रिलिज भएको फिल्म ‘अ माइनक्राफ्ट’माथि लगाइएको प्रतिबन्धले ‘जुरासिक वर्ल्ड : रिबर्थ’, ’द अकाउन्टेन्ट २’ र ‘मिसन इम्पोसिबल’ को सिक्वेलजस्ता आगामी फिल्मले चिनियाँ बजारमा अर्बौं डलर गुमाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?