+
+
Shares

राजतन्त्र फर्काउने अभियान सफल हुन्छ, हरेस नखानुस् : जगमान गुरुङ

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २७ गते १७:३३

२७ चैत, काठमाडौं । राजसंस्था पुनस्थापनाका लागि जनआन्दोलन समितिका कार्यबाहक संयोजक डा. जगमान गुरुङले राजतन्त्र फर्काउने आफूहरूको अभियान सफल भएरै छाड्ने दाबी गरेका छन् ।

बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले समर्थकहरूलाई हरेस नखान आग्रह पनि गरे ।

गत चैत १५ गते तीनकुनेको कार्यक्रमपछि आन्दोलन सेलाएको र राजसंस्था फर्किंदैन भनेर विरोधीहरूले हल्ला चलाएको बताउँदै अभियानमार्फत ढिलो चाँडो राजसंस्था पुनःस्थापना भएरै छाड्ने दाबी गरे ।

‘लो प्रफाइलमा बसेर आन्दोलन सफल पार्नुपर्छ । हाम्रो अभियान सफल हुन्छ,’ गुरुङले भने, ‘तपाईंहरू हरेस नखानुस्, अहिलेको अहिल्यै र भरेको भरे नै भन्ने हुँदैन । सबै कुराको समय आउँछ ।’

उनले गत चैत १५ गतेको प्रदर्शनका क्रममा पक्राउ परेका नेताहरूलाई मुक्त गर्न सरकारलाई आगामी वैशाख २१ गतेसम्मको समय दिएको जानकारी गराए ।

आफूले ज्यानको माया मारेर भद्र अवज्ञा आन्दोलनको अगुवाइ गर्ने भन्दै रुची हुने सबैलाई आन्दोलनमा सहभागी हुन आह्वान पनि गुरुङले गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?