
काठमाडौं । कमल एक्चै मगर निर्देशित फिल्म ‘शीरफूल’ २०८१ सालमा सबैभन्दा कम ब्यापार गर्ने फिल्म बनेको छ । बक्सअफिसमा यो फिल्मले १८ हजार ५०० रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।
यो फिल्मका ८९ वटा टिकट बिक्री भएका छन् । यसवर्ष १ लाख रुपैयाँभन्दा कम ब्यापार गर्ने ६ फिल्म छन् जसमा दुई आदिवासी फिल्म संलग्न छन् ।
‘ख्या वाला’ले २७ हजार ६०० रुपैयाँ, ‘गाले वाना’ले २१ हजार ६०० रुपैयाँ, ‘एक्टर’ले ३३ हजार २८५ रुपैयाँ, ‘आँखा’ले ९२ हजार ५२५ रुपैयाँ कमाइ गरेको विवरणमा उल्लेख छ ।
यसवर्ष ५९ नेपाली फिल्म प्रदर्शनमा आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4