+
+
Shares

प्रधानमन्त्रीलाई गगनको सुझाव : डुल्न-घुम्न छाड्नुस्, काम गर्नुस्

प्रधानमन्त्री ओली उद्घाटन र भाषणका लागि डुल्ने-घुम्ने काममा भुल्दा सरकारको कामको गति कम भएको उनको तर्क थियो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २७ गते १८:०६

२७ चैत, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई उद्घाटन र भाषणमा समय खेर नफाल्न सुझाव दिएका छन् ।

प्रधानमन्त्री ओली उद्घाटन र भाषणका लागि डुल्ने-घुम्ने काममा भुल्दा सरकारको कामको गति कम भएको उनको तर्क थियो ।

रुपन्देहीको देवदहमा पार्टीले बुधबार गरेको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले सरकारको कामको गति नपुगेको भन्दै युद्धको मनोविज्ञान लिएर काम गर्न प्रधानमन्त्री-मन्त्रीहरूलाई सुझाव दिए ।

‘सरकारको कामको गति पुगेन । हामी भन्छौं सरकारलाई- तिमी युद्धको मनोविज्ञानले काम गर । १८ घण्टा काम गर, २० घण्टा काम गर, उद्घाटनमा नजाऔ । काहीँ भाषण गर्न नजाऔ,’ महामन्त्री थापाले भने, ‘प्रधानमन्त्री अहिले डुलेको देख्छु, मन्त्रीहरू घुमेको देख्छु, मेरो सम्मानपूर्वक उहाँहरूलाई अनुरोध छ, तपाईंहरू डुल्ने-घुम्ने काम छाड्नुस् । तपाईंहरू काम गर्नुस् । त्यो कामको प्रचारप्रसार गर्ने काम हामीहरू गरिहाल्छौं ।’

शिक्षकका माग बेलैमा सम्बोधन गरेको भए उनीहरू सडकमा आउने थिएनन् भन्दै थापाले ठिक ढंगले माग सम्बोधन गर्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?