+
+
Shares

पत्रकार सुरेश रजकको सम्झनामा माइतीघरमा दीप प्रज्वलन (तस्वीरहरू)

श्रद्धाञ्जली सभामा पत्रकारहरूले दीप प्रज्वलन गरेर श्रद्धाञ्जली अर्पण गरेका छन् । साथै उनीहरूले श्रद्धाञ्जली सभामा सुरेशको नाम लेखेर मैनबत्ति बालेका थिए ।

चन्द्रबहादुर आले चन्द्रबहादुर आले
२०८१ चैत २७ गते १९:०९

२७ चैत, काठमाडौं। पत्रकार सुरेश रजकको सम्झनामा माइतीघरमा श्रद्धाञ्जली सभा आयोजना गरिएको छ ।

नेपाल पत्रकार महासंघ केन्द्रीय समितिको आगुवाइमा बुधबार माइतीघर मण्डलामा पत्रकार सुरेश रजकप्रति श्रद्धाञ्जली अर्पण गर्दै उक्त सभा आयोजना गरिएको हो ।

श्रद्धाञ्जली सभामा पत्रकारहरूले दीप प्रज्वलन गरेर श्रद्धाञ्जली अर्पण गरेका छन् । साथै उनीहरूले श्रद्धाञ्जली सभामा सुरेशको नाम लेखेर मैनबत्ती बालेका थिए ।

गत चैत १५ गते राजावादी समूहले गरेको प्रदर्शनका क्रममा घरभित्र रहेका रजकको जलेर मृत्‍यु भएको थियो ।

हेर्नुहोस् तस्वीरहरू : 

 

 

लेखक
चन्द्रबहादुर आले

आले अनलाइनखबरका फोटोपत्रकार हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?