+
+
Shares

‘स्काइवेल हाँक्दै युरोप घुम्ने मौका’

‘स्काइवेल ड्राइभ–२०२५ नेपाल टु युरोप’ क्याम्पेनमा सहभागी भई स्काइवेल खरिद गर्ने हरेक ग्राहकका जोडीले यस अफर अन्तर्गत युरोप भ्रमण अवसर प्राप्त गर्नेछन् ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २७ गते १९:३४

काठमाडौं । नेपाली बजारमा पाइने लक्जरी एसयूभी स्काइवेल ड्राइभ गर्ने ग्राहकलाई स्काइवेल नेपालले युरोप भ्रमणमा लैजाने भएको छ ।

‘स्काइवेल ड्राइभ–२०२५ नेपाल टु युरोप’ क्याम्पेनमा सहभागी भई स्काइवेल खरिद गर्ने हरेक ग्राहकका जोडीले यस अफर अन्तर्गत युरोप भ्रमण अवसर प्राप्त गर्नेछन् ।

स्काइवेल ‘बीई ११’ तथा ‘स्काइवेल ईटी ५’ खरिद गर्दा खरिदकर्ता जोडीलाई नै युरोप भ्रमणमा लगिने स्काइवेलको नेपालस्थित आधिकारिक आयातकर्ता जी मोटर्स प्रालिले जनाएको छ ।

स्काइवेल युरोपेली बजारमा लोकप्रिय ब्रान्ड हो । युरोपेली सुरक्षा मापदण्ड अनुसार बनेको स्काइवेल बीई ११ ले सीएनक्याप क्र्यास टेस्टमा फाइभ स्टार सेफ्टी रेटिङ प्राप्त गरेको छ । यो चीनमा निर्मित ईभीमा ईयू सर्टिफिकेसन प्राप्त गर्ने पहिलो प्रडक्ट पनि हो ।

आरामदायी, सुरक्षित र सोलिड स्ट्रक्चरमा बनेका स्काइवेल नेपालमा उपलब्ध पहिलो र एकमात्र ‘रियल ईभी एसयूभी’ हो ।

काठमाडौंबाट नेपालको कुनै पनि गन्तव्यमा सिंगल चार्जमा सजिलै पुग्न सकिने स्काइवेलले दिने ६ सय २० किलोमिटरको रेन्जले स्काइवेललाई युरोपेली सडकमा समेत लोकप्रिय बनाउन सफल भएको कम्पनीको भनाइ छ ।

कम्पनीका अनुसार हाइयर स्पिड र लक्जरी दुवै अपरिहार्य मानिने युरोपमा नेपाल आउने चिनियाँ ईभी विरलै पाइन्छन् । जसमा स्काइवेलले भने बाजी मारेको छ । युरोपेली देशमा स्काइवेलले राम्रो सफलता हात पारेको छ । यो दावी गरिरहँदा यसलाई यथार्थमा पुष्टि गर्ने र ग्राहकलाई आफ्ना सवारीसाधन निर्यात भएकै देशमा लगेर ग्राहकलाई एक्सपिरियन्स गराउने उदेश्यसाथ विशेष योजना ल्याइएको हो ।

यो क्याम्पेन अन्तर्गत स्काइवेलका जुनसुकै एसयूभी खरिदकर्ता जोडीले युरोपमै गएर स्काइवेल ड्राइभको मौका प्राप्त गर्नेछन् । त्यतिमात्र होइन, सन् २०२५ मोडेलको जुनसुकै भेरिएन्ट टेस्ट ड्राइभ गर्ने ग्राहक पनि यो योजनामा सहभागी हुन सक्ने जी मोटर्सले जनाएको छ । यसका लागि आफूले स्काइवेल टेस्ट ड्राइभ गर्दाको अनुभव कुनै पनि सोसल मिडियामा सेयर गरी ह्यासट्याग टेस्टड्राईभ स्काइवेल ९ह्यासट्याग ‘स्काइवेल ड्राइभ नेपाल टु युरोप’ लेख्नुपर्छ ।

यसरी टेस्ट ड्राइभमा सहभागी हुने ग्राहकमध्ये २ जना विजेता ९१ महिला टेस्ट ड्राइभ र १ पुरुष टेस्ट ड्राइभ समेतले युरोप भ्रमणको अवसर र युरोपमै स्काइवेल ड्राइभको मौका प्राप्त गर्ने छन् ।

स्काइवेलको ईटी ५ लङ रेन्ज भेरिएन्ट हो, जसको बिक्री मूल्य १ करोड १५ लाख छ भने स्काइवेल बीई ११ ९४ सय १० किलोमिटर रेन्ज० को ७९ लाख ९० हजार र बीई ११ ९५ सय २० किलोमिटर रेन्ज० का ८९ लाख ९० हजार पर्छ । स्काइवेलका यी दुवै मोडेल फुल साइज एसयूभी हुन् ।

१९० एमएम ग्राउन्ड क्लियरेन्स रहेका अत्याधुनिक सुविधा र फिचरसाथ आउने दुवै एसयूभीमा उपलब्ध लक्जरीका कारण बिजजनेस क्लास एसयूभी पनि भनेर चिनिँदै आएको छ ।

स्काइवेलले भक्तपुर राधेराधे र इटहरीमा अत्याधुनिक सर्भिस सेन्टर सञ्चालनमा आइसकेको छ भने नक्साल, राधेराधे, विराटनगर, इटहरी, चितवन र पोखरामा बिक्री कक्षा सञ्चालन आइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?