+

एनएसएल २०२५ : पोखरा र धनगढीले अंक बाँडे

२०८१ चैत  २७ गते १९:५६ २०८१ चैत २७ गते १९:५६

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा पोखरा र धनगढीले गोलरहित बराबरी खेलेका हुन् ।

एनएसएल २०२५ : पोखरा र धनगढीले अंक बाँडे

२७ चैत, काठमाडौं। नेपाल सुपर लिग (एनएसएल) मा पोखरा थण्डर्स र धनगढी एफसीले बराबरी खेल्दै अंक बाँडेका छन् ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बुधबार भएको खेलमा पोखरा र धनगढीले गोलरहित बराबरी खेलेका हुन् ।

खेलमा दुवै टोलीले गोल गर्ने केही अवसर पाएपनि सदुपयोग गर्न नसक्दा बराबरीमा चित्त बुझाउनुपर्‍यो ।

धनगढीको यो लगातार दोस्रो बराबरी हो भने पोखराको पहिलो बराबरी हो । धनगढीले ३ खेलबाट ५ अंक जोडेको छ र दोस्रो स्थानमा उक्लेको छ ।

ललितपुर सिटी र काठमाडौं रेजर्स समान ५ अंक भएपनि धनगढीगोल अन्तर अघि रहँदै दोस्रो स्थानमा उक्लेको हो ।

चार खेल खेलेको पोखरा ४ अंकसहित पाँचौ स्थानमै छ ।

यो बराबरीले पोखराले शीर्ष चारको यात्रा कायम राख्न अब बाँकी दुवै खेल जित्नुपर्ने दबाब बढेको छ ।

एनएसएल धनगढी पोखरा
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय