+
+
Shares

गहुँ काट्ने विषयमा दाजुभाइबीच झगडा, छुट्याउन खोज्दा भेटियो लोड भएको पेस्तोल

प्रहरीका अनुसार दाजुभाइ बीचको झगडा छुट्याउन खोज्दा वीरेन्द्रको साथबाट गोली लोड भएको कटुवा पेस्तोल बरामद भएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २७ गते २१:१२

२७ चैत,  काठमाडौं । जग्गा विवादमा दाजुभाइबीच हात हालाहालसम्मको अवस्था सिर्जना हुन्छ । विवादित जग्गामा लगाइको गहुँ काट्ने विषयमा हात हालाहाल भइरहेको सूचना प्रहरीसम्म पुग्छ ।

सूचना पाए लगत्तै प्रहरी टोली घटनास्थल पुग्छ । दाजुभाइबीचको झगडा छुट्याउन खोज्छन् । झगडा छुट्याउन खोज्दा दाजुको साथमा गोली लोड भएको पेस्तोल फेला पर्छ ।

यो घटना पर्साको सखुवा प्रसौनी गाउँपालिका-६ महुवन र एकडर्वा गाउँको हो । विवादित जग्गामा गहुँ काट्ने विषयमा ६० वर्षीय वीरेन्द्र यादव (दाजु) र ५५ वर्षीय सिकिन्द्र यादव (भाइ) बीच हात हालाहाल भएको थियो ।

दाजुभाइ बीचको झगडा छुट्याउन खोज्दा वीरेन्द्रको साथबाट गोली लोड भएको कटुवा पेस्तोल बरामद भएको पर्साका प्रहरी नायव उपरीक्षक एवं प्रवक्ता किशोर लम्साल बताउँछन् ।

लम्सालका अनुसार वीरेन्द्रले कालो बेल्टमा लोड भएको कटुवा पेस्तोल र थप ३ राउन्ड गोली लुकाएर ल्याएको पाइएको छ ।

‘वीरेन्द्रको साथबाट गोली लोड भएको अवस्थामा पेस्तोल बरामद भएको छ । उनको मनासय हेर्दा भाइ सिकिन्द्रमाथि प्रहार गर्नकै लागि गोली लोड भएको पेस्तोल लुकाएर लगेको देखिन्छ,’ प्रवक्ता लम्सालले भने ।

वीरेन्द्रलाई नियन्त्रणमा लिएर हातहतियार तथा खरखजानासम्बन्धी कसुरमा जिल्ला अदालत पर्साबाट ५ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?