+
+
Shares

शिक्षक महासंघले नानुमाया पराजुलीको नेतृत्वमा बनायो वार्ता टोली

सहअध्यक्ष नानुमाया पराजुलीको नेतृत्वमा महासंघले वार्ता टोली बनाएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २७ गते २०:४३

२७ चैत, काठमाडौं । नेपाल शिक्षक महासंघले सरकारसँग वार्ता गर्न चार सदस्यीय टोली बनाएको छ ।

सहअध्यक्ष नानुमाया पराजुलीको नेतृत्वमा महासंघले वार्ता टोली बनाएको हो ।

‘आज शिक्षा सचीवले शिक्षा विधेयकमा छलफल गर्न महासंघको टोली आउनू भनेर पत्र पठाउनु भएको थियो । हामीले जाने निर्णय गरेका छौं,’ पराजुलीले अनलाइनखबरसँग भनिन् । वार्ता भोलि बिहीबारको लागि तय भए पनि समय भने शिक्षा सचिवसँग छलफल गरेर तय गरिने उनले बताइन् ।

वार्ताको माध्यमबाट समस्या समाधान गर्न सकिने भन्दै सरकारले महासंघलाई यसअघ तीन पटक वार्तामा बोलाएको थियो । तर, वार्ताका लागि महासंघले ऐन जारी हुने सुनिश्चित आधार नभएसम्म वार्तामा नजाने सर्त राख्दै आएको थियो ।

अहिलेको अवस्थामा संसद्‍को बर्खे अधिवेशन तत्कालै सुरु गर्ने, विशेष अधिवेसन आह्वान गर्ने वा अध्यादेशमध्ये एउटा विकल्पबाट ऐन जारी गर्ने सुनिश्चित भए मात्र वार्तामा बस्ने जवाफ महासंघले सरकारलाई पठाएको थियो ।

शिक्षा सचीवले शिक्षा विधेयकमा छलफल गर्न महासंघको टोली आउनू भनेर आज फेरि पत्र पठाएपछि महासंघले वार्ता टोली बनाएको पराजुलीले बताइन् ।

शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले २० चैतदेखि काठमाडौंमा आन्दोलन गर्दै आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?