
२७ चैत, काठमाडौं । गत १५ गते काठमाडौंको तीनकुनेमा भएको राजावादी प्रदर्शनका क्रममा घाइते भएकाहरूमध्ये ५ जनाबाहेक सबै डिस्चार्ज भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उक्त प्रदर्शनका घाइतेमध्ये ५ जना अहिले पनि उपचाररत छन् ।
राष्ट्रिय ट्रमा सेन्टरमा २ जना, निजामती कर्मचारी अस्पताल, काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पताल र बि एण्ड बि अस्पतालमा १/१ जना गरी ५ जना हाल उपचाररत रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ।
आन्दोलनका क्रममा घाइते भई उपचारका लागि १२९ जना अस्पताल पुगेका थिए । तिमध्ये ५९ जनाको सामान्य उपचार, ५७ जनाको सामान्य शल्यक्रिया र १३ जनाको आकस्मिक शल्यक्रिया भएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिएका छन् ।
प्रतिक्रिया 4