
२७ चैत, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकामा बा प्र ०६–००१ ख ०२७० नम्बरको बस दुर्घटना भएको छ ।
अगुवा कृषक भ्रमणबाट सिन्धुली हुँदै हेटौंडा आउने क्रममा बस सडकको मोडमा पल्टिएको मकवानपुर प्रहरीले जानकारी दिएको छ ।
भीमफेदी गाउँपालिकाको कृषि तथा पशु सेवा शाखाको आयोजनामा अगुवा कृषकहरु भ्रमणमा गएर फकिँदै गर्दा बकैया–३ चिसापानीमा मदन भण्डारी मार्ग (धरान–चतरा सडक खण्ड)मा दुर्घटना भएको स्थानीय हात्तीसुँढे प्रहरी चौकी प्रमुख प्रहरी सहायक निरीक्षक जनककुमार तामाङले जानकारी दिए ।
३५ सिट रहेको बसमा कति जना सवार थिए भन्ने यकिन विवरण नभएकाले दुर्घटनामा घाइते हुनेहरुको संख्या नखुलेको तामाङले अनलाइनखबरलाई जानकारी दिए । उनकाअनुसार दुर्घटना भएपछि प्रहरीले स्थानीय र गरगरे स्वास्थ्य चौकीलगायतको सहयोगमा घाइतेहरुको उद्धार गरी उपचारका लागि हेटौंडा अस्पतालतर्फ पठाएको छ ।
दुर्घटनामा गम्भीर प्रकृतिका ३ जना घाइतेलाई एम्बुलेन्समा राखेर अस्पताल पठाइएको र अन्य घाइतेहरुलाई उपलब्ध सवारी साधनमा हेटौंडा पठाइएको प्रहरीले जनाएको छ ।
बस चालक पनि घाइते भएर अस्पतालतर्फ पठाइएकाले दुर्घटनाको कारण खुल्न नसकेको प्रहरी सहायक निरीक्षक तामाङले बताए ।
प्रतिक्रिया 4