+

आईपीएल क्रिकेट : लगातार चौथो जितसहित गुजरात शीर्षस्थानमा

२०८१ चैत  २७ गते २३:४३ २०८१ चैत २७ गते २३:४३
आईपीएल क्रिकेट : लगातार चौथो जितसहित गुजरात शीर्षस्थानमा

२७ चैत, काठमाडौं । भारतमा जारी इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा गुजरात टाइटन्सले लगातार चौथो जित निकालेको छ । बुधबार भएको खेलमा राजस्थान रोयल्सलाई ५८ रनले हराउँदै गुजरातले चौथो जित निकालेको हो ।

गुजरातले दिएको २१८ रनको लक्ष्य पछ्याएको राजस्थान १९.२ ओभरमा १५९ रनमा अलआउट भयो । शिमरोन हेटमायरले सर्वाधिक ५२ रन बनाएपनि पर्याप्त हुन सकेन । कप्तान सन्जु सामसनले ४१ रन बनाए ।

गुजरातका प्रसिद कृष्णाले ३ विकेट लिए भने आरु साइ किशोर र राशिद खानले २-२ विकेट लिँदा मोहम्मद सिराज, अर्शाद खान र कुलवान्त खेजरिलियाले १-१ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गुजरातले २० ओभरमा ६ विकेट गुमाएर २१७ रन बनाएको थियो । साइ सुदर्शनले सर्वाधिक ८२ रन बनाए । ५३ बल खेलेका उनले ८ चौका र ३ छक्का प्रहार गरे ।

जस बटलर र शाहरुख खानले समान ३६ रन बनाउँदा राहुल तेवातिया २४ रनमा अविजित रहे । राजस्थानका तुषार देशपाण्डे र महीश थिक्सानाले २-२ तथा जोफ्रा आर्चरले १ विकेट लिए ।

यस जितसँगै ५ खेलमा चौथो जित निकालेको गुजरात ८ अंकसहित तालिकामा शीर्ष स्थानमा उक्लिएको छ भने ५ खेलमा ४ अंक मात्र भएको राजस्थान सातौं स्थानमा छ ।

आईपीएल क्रिकेट

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय