
२७ चैत, बझाङ । बझाङमा चट्याङ लागेर एकजनाको मृत्यु भएको छ ।
आज साँझ जिल्लाको वित्थडचिर गाउँपालिका–३ मा पानीसँगैको चट्याङ लागेर ७८ वर्षीय धौले बोहराको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिए ।
जिल्लामा लगातार पानी र अझै चट्याङको जोखिम भएको हुँदा सबैलाई सतर्क रहन पनि उनले आग्रह गरे ।
पहिरोले जयपृथ्वी राजमार्ग अवरुद्ध
यसैबीच बझाङको केदारस्यूँ गाउँपालिका–९ को पौडी ढोड्याखेत बजार नजिकै जयपृथ्वी राजमार्गमा पहिरो खस्दा सडक अवरुद्ध भएको छ । आज साँझको पानीपछि पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
यस्तै, वित्थडचिर गाउँपालिकाको लिममा पनि पहिरो खस्दा जयपृथ्वी राजमार्ग अवरुद्ध भएको जिल्ला प्रशासन कार्यालय बझाङले जनाएको छ ।
पहिरो हटाउन डोजर पठाइएको प्रमुख जिल्ला अधिकारी कैलाशबहादुर ठकुराठीले बताए ।
प्रतिक्रिया 4