+
+
Shares

चितवनको टिकौली जंगलमा ट्रक र जिप ठोक्किए

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २८ गते ७:४२

२८ चैत, चितवन । चितवनको भरतपुर महानगरपालिका १२ टिकौली जंगलमा ट्रक र जिप ठोक्किएका छन् ।

टाँडीबाट भरतपुरतर्फ आउँदै गरेको ग २ ख १५७९ नम्बरको ट्रक र विपरीत दिशावाट आउँदै गरेको ना २ च ८४४७ नम्बरको बोलेरो जिप आज बिहान करिब पौने चार बजे ठोक्किएका हुन् ।

दुर्घटनामा ट्रक चालक तनहुँका २६ वर्षीय राजन परियार सामान्य घाइते भएका छन् । उनको दायाँ हातमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ ।

आवश्यक अनुसन्धानका लागि प्रहरीले दुवै सवारी साधनलाई नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?