+
+
Shares

माओवादी केन्द्रका नेताहरु चीन भ्रमणमा

अनलाइनखबर अनलाइनखबर
२०८१ चैत २८ गते ८:१५

२८ चैत, काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीको निमन्त्रणामा नेकपा माओवादी केन्द्रका नेताहरु चीन भ्रमणमा गएका छन् ।

२० सदस्यीय उच्चस्तरीय भ्रमण टोली बुधबार चीनको चोङकिङ सहर पुगेको छ । टोलीको नेतृत्व माओवादी केन्द्रका सचिव एवम् पूर्वमन्त्री दिनानाथ शर्माले गरेका छन् । माओवादी टोली अप्रिल १७ अर्थात् २०८२ वैशाख ४ गते स्वदेश फर्किने छ ।

माओवादी केन्द्रको भ्रमण टोलीमा पार्टी केन्द्रीय सदस्यहरु लेखनाथ न्यौपाने, रामदीप आचार्य, मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष नमोनारायण माझी छन् ।

यसैगरी वुद्धिजीवी संगठनका अध्यक्ष कृष्ण केसी, नेपाल पत्रकार महासंघका कोषाध्यक्ष रामकृष्ण अधिकारी, अखिल क्रान्तिकारीका नेता आशा उपरकोटी, जनप्रशासन क्याम्पसका स्ववियु सभापति अनिकेत तिवारी पनि भ्रमण टोलीमा छन् ।

चोङकिङ विमानस्थलमा बुधबार चोङकिङ नगरपालिकाको चिनियाँ कम्युनिष्ट पार्टी स्कुल विभागका नेता वाङ तियानलियाङ्गले माओवादी नेताहरुलाई स्वागत गरेका थिए ।

बुधबार नै माओवादी केन्द्रका नेताहरुले चोङकिङ सहरको अन्तर्राष्ट्रिय लजिस्टिक हब पार्कको भ्रमण गरेका थिए ।

चोङकिङ चीनको महत्वपूर्ण आर्थिक र व्यापारिक केन्द्र हो भने चीनमा केन्द्रीय सरकार मातहत रहका ४ सहरहरुमध्ये एक हो ।

हाल चीन सरकारले यो सहरलाई बेल्ट एण्ड रोड र याङ्जे रिभर इकोनोमिक बेल्टको एक महत्वपूर्ण आधारको रुपमा विकास गरेको छ ।

यो सहर एसिया र युरोपका विभिन्न क्षेत्र र देशहरुसँग रेलमार्गबाट जोडिएको छ भने उल्लेख्य व्यापार पनि गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?