
२८ चैत, काठमाडौं । नेपाल शिक्षक महासंघ सरकारसँग वार्ताका लागि तयार भए पनि वार्ताको समयको भने टुंगो लागेको छ ।
सरकारी पक्षले आजका लागि शिक्षकहरुलाई वार्तामा बोलाए पनि वार्ताको समय दुवै पक्षबीच छलफल गरेर तय गरिने भएको छ ।
यसअघि महासंघले पटक-पटक सरकारले आह्वान गरेको वार्ता अस्वीकार गरेको थियो । सरसकारले बुधबार चौथोपटक आजका लागि बोलाएको वार्तामा भने शिक्षक महासंघ सहभागी हुन लागेको हो ।
बुधबार नै वार्तामा सहभागी हुने बताउँदै महासंघले चार सदस्यीय वार्ता टोली पनि गठन गरिसकेको छ । महासंकी सहअध्यक्ष नानुमाया पराजुलीको नेतृत्वमा वार्ता टोली गठन गरिएको छ ।
वार्ताको माध्यमबाट समस्या समाधान गर्न सकिने भन्दै सरकारले महासंघलाई यसअघ तीन पटक वार्तामा बोलाएको थियो । तर, वार्ताका लागि महासंघले ऐन जारी हुने सुनिश्चित आधार नभएसम्म वार्तामा नजाने सर्त राख्दै आएको थियो ।
अहिलेको अवस्थामा संसद्को बर्खे अधिवेशन तत्कालै सुरु गर्ने, विशेष अधिवेसन आह्वान गर्ने वा अध्यादेशमध्ये एउटा विकल्पबाट ऐन जारी गर्ने सुनिश्चित भए मात्र वार्तामा बस्ने जवाफ महासंघले सरकारलाई पठाएको थियो ।
शिक्षा सचीव दीपककुमार काफ्ले शिक्षा विधेयकमा छलफल गर्न महासंघको टोली आउनू भनेर बुधबार फेरि पत्र पठाएपछि महासंघले वार्ता टोली बनाएको हो ।
शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरूले २० चैतदेखि काठमाडौंमा आन्दोलन गर्दै आइरहेका छन् ।
प्रतिक्रिया 4